काठमाडौं । बोलिभियालाई पराजित गर्दै उरुग्वे कोपा अमेरिका फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको खेलमा बोलिभियालाई २–० ले पराजित गर्दै उरुग्वे क्वाटरफाइनलमा प्रवेश गरेको हो ।
उरुग्वेका लागि एडिन्सन काभानीले एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो । खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । त्यसपछि ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेलाई २–० को जित दिलाए ।
उरुग्वेले ३ खेलमा ४ अंक जोड्दै अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । बोलिभिया अंक विहीन रहदै पुछारमा रहेको छ । बोलिभिया प्रतियोगिताबाट समेत बाहिरिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७८ असार ११ शुक्रबार
Comments