काठमाडौं । पछिल्लो केही दिन घटेर स्थिर रहेको सुनको मुल्य मंगलबार आज पुनः बढेको छ । आज सुनको मुल्य तोलामा ९०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनको मुल्य प्रतितोला ९४ हजार २०० रुपैयाँ तोकिएको छ । सोमबार सुनको मुल्य ९३ हजार ३०० रुपैयाँ थियो ।
आजका लागि तेजावी सुनको मुल्य भने ९३ हजार ७०० रुपैयाँ तोकिएको छ । यस्तै, चाँदी पनि तोलामा २५ रुपैयाँले बढेर ११७५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मितिः २०७७ असोज १३ मंगलबार
Comments