काठमाडौं । आज सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । बजारमा हिजोको अनुपातमा आज सुन १ सयले घटेको हो भने चाँदी ५ रुपैयाँले बढेको हो । आज बजारमा छापावाला सुन प्रतितोला ५७ हजार ५ सय रुपैंयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ५७ हजार २ सय रुपैंयाँमा कारोबार भईरहेको छ । आज चाँदी प्रतितोला ७०५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७५ मंसिर १३ बिहिबार
Comments