काठमाडौं । अमेरिकी डलरको विनिमय दर १ सय १९ रुपैयाँ नजिक पुगेको छ । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरमा अमेरिकी डलर हालसम्मकै उच्च १ सय १८ रुपैयाँ ८० पैसा पुगेको हो ।
पछिल्लो समय निरन्तर रूपमा डलरको भाउ बलियो बन्दै गएको छ । हिजो एक सय १८ रुपैयाँ ३३ पैसा पुगेको डलर आज एक सय १८ रुपैयाँ ८० पैसा पुगेको हो । २०१८ को सुरुवातमा अमेरिकी १ डलरको सटही दर एक सय दुई रुपैयाँ ५० पैसा थियो भने त्यसपछिका महिनाहरूमा डलरको भाउ बढ्दो छ ।
प्रकाशित मितिः २०७५ असोज २३ गते मंगलबार
Comments