१. भ्लादमिर पुटिन (रुसका राष्ट्रपति)
भ्लादमिर पुटिन रूसका वर्तमान राष्ट्रपति हुन् । २०१२ मे ७ देखि हालसम्म उनले रुसको राष्ट्रप्रमुखको रुपमा रूसको राज्य सत्ता संहालिरहेहका छन् । पुटिनको जन्म ७ अक्टोबर १९५२ मा सेन्ट पिर्टस्बर्गमा भएको थियो । अमेरिकी आर्थिक पत्रिका फोब्र्सका अनुसार पटिन ४० अर्ब डलर कुल सम्पति सहित विश्वको धनी राष्ट्रपतिको सूचीमा पहिलो नम्बरमा परेका छन् । उनको बर्षिक तलब १८७ हजार डलर रहेको छ । उनी १९९९ देखि २००० सम्म रूसको प्रधानमन्त्री थिए भने २००० देखि २००८ राष्ट्रपति भएका थिए र पून २००८ देखि २०१२ पुःन प्रधानमन्त्री भएका थिए ।
२. महा भाजिरालोङकोर्न ( थाइल्याण्डका राजा)
महा भाजिरालोङकोर्न विश्वका सबैभन्दा धनी राजनेता हुन् र लामो समय देखि राष्ट्र प्रमुखको रुपमा सेवारत छन् । उनको देशमा ठूलो प्रतिष्ठा छ । उनी राजा भूमिबोल अदुल्यादेज र रानी सरकिटका एक मात्र छोरा हुन् । फोब्र्सका अनुसार उनको कुल सम्पति ३० अर्ब डलर रहेको उल्लेख गर्दै उनलाई विश्वको सबैभन्दा धनी राष्ट्र प्रमुखको सूचीको दोस्रो स्थानमा राखेको छ ।
३. हसनल बोलकियाह ( ब्रुनेईका सुल्तान)
विश्वभरमा नै ब्रुनेईका सुल्तान, हसनल बोलकाहको सबैभन्दा ठूलो निजी निवास छ र आफै ७४७–४०० को उडान भर्ने गर्छन् । उनको उनकै लागि बिशेष कारहरुको संग्रह पनि छ । फोब्र्सका अनुसार उनको कुल सम्पति २० अर्ब डलर छ जसले उनलाई फोब्र्सको यो सूचीको तेस्रो स्थानमा सजिलै पारेको छ ।
४. खलीफा बिन जायद अल नाहयान ( यू.ए.ई का राष्ट्रपति)
खलीफ बिन जायद अल नाहयान यू.ए.ई का राष्ट्रपति हुन् । उनको जन्म २५ जनवरी १९४८ मा यू.ए.ई को अल एन मा भएको थियो । उनी उनले गरेको ठूलो धनराशि ४६० करोड डलरको सहयोगका कारणले पनि निकै चर्चा आएका छन् । साथै उनी उक्त सहयोयका कारणले विकीलिक्समा पनि उल्लेख गरिएका छन् । यद्यपी उनी उनको भव्य जीवनशैली छ । त्यसैले १५ अर्ब डलर कुल सम्पति सहित उनलाई फोब्र्सले विश्वका सबेभन्दा धनी राष्ट्र प्रमुखको सूचीको चौथौं स्थानमा राखेको छ ।
५. मोहम्मद बिन राशिद अल मकतूम ( उपराष्ट्रपति र दुबईका शासक)
उनी यू.ए.ई का उपराष्ट्रपति र प्रधानमन्त्री तथा दुबईका शासक हुन् । उनले दुबईलाई पूर्ण रुपमा परिवर्तन गरेका छन् र ९९.६ प्रतिशत होल्डिङ्ग कम्पनीका मालिक पनि हुन् । फोब्र्सका अनुसार, मोहम्मद बिन राशिद अल मकतूमको कुल सम्पति ४ अर्ब डलर रहेको छ र उनी विश्वको सबैभन्दा धनी राष्ट्रपतिको सूचीमा ५ औँ स्थानमा परेका छन् ।
६. डोनाल्ड ट्रम्प ( ४५ औँ अमेरिकी राष्ट्रपति)
डोनाल्ड ट्रम्पको जन्म १४ जून १९४६ मा जमैका अस्पताल मेडिकल सेन्टरमा भएको थियो । उनी अमेरिकाको ४५ औँ र वर्तमान राष्ट्रपति हुन् । उनले २० जनवरी २०१७ मा आफ्नो कार्यकालको सुरुवात गरेका थिए । फोब्र्सका अनुसार उनी विश्वका सबैभन्दा धनी राष्ट्रपतिको सूचीमा कुल सम्पति ३.५ अर्ब डलर सहित छैठौँ स्थानमा छन् भने विश्वको घृणीत कलाकारको सूचीमा पहिलो स्थानमा सूचीक्रित छन् । राजनितिमा लाग्नु अगाडि उनी टेलिभिजन व्यक्तित्व र व्यापारी थिए ।
७. हन्स–एडम द्धितिय (लेकस्टेनस्टीनका राजकुमार)
उनी एउटा बैंकिङ्ग समूहका मालिक हुनुका साथै उनको एक विशाल कला संग्रह पनि छ । उनको जन्म १४ फेब्रुवरी १९४५ मा स्विजरल्याण्डमा भएको हो । हन्स–एडम द्धितियले ड्यूक अफ ट्रोप्पाउ र जेगरडोफका साथै रिएटबर्गको उपाधिले पनि सम्मान गरिएको छ । यद्यपी उनी लोकतन्त्रलाई सरकारको निकै राम्रो रुप मान्छन् तर उनको राजतन्त्रमा अडिनुले यसलाई विवादमा पारेको छ । कुल सम्पति ३.५ अर्ब डलर सहित उनी फोब्र्स धनी राष्ट्रपतिको सूचीमा ७ औं स्थानमा छन् ।
८. मोहम्मद छैठौं ( मोरक्को का राजा)
उनी मोरक्कोका अग्रणी व्यापारी मध्येका एक हुन् र उनको विरुद्ध भ्रष्टाचारको एक पनि आरोप लागेको छैन । कुल सम्पति २.५ अर्ब डलर सहित उनी फोब्र्स धनी राष्ट्र प्रमुखको सूचीमा ८ औं स्थानमा परेका छन् ।
९. सेबेस्टियन पिनेरा ( चिली का पूर्व राष्ट्रपति)
१ डिसेम्बर १९४९ मा सिएईगो, चिलीमा जन्मेका सेबस्टियन पिनरा चिलीका एक कुशल राजनितिज्ञ, उद्यमी, प्रोफेसर, लगानीकर्ता, अर्थशास्त्री र व्यवसायी हुन् । उनी २०१०–२०१४ सम्म चिलीका राष्ट्रपति थिए । फोब्र्सका अनुसार उनको कुल सम्पति २.७ अर्ब डलर छ र उनी धनी राष्ट्रपतिको सूचीमा ९ औं स्थानमा छन् ।
१०. सलमान बिन अब्दुलाजीज अल–सौद ( साउदी अरबका राजा)
सलमान बिन अब्दुलाजीज अल–सउदको जन्म ३१ डिसेम्बर १९३५मा रियाद, साउदी अरबमा भएको थियो । आफ्नो भाईको मृत्यु पछि उनी ८० बर्षको उमेरमा राजा भएका थिए । उनको अधिकांस पैसा तेलबाट कमाउँछन् । फोब्र्सका अनुसार १.३२ अर्ब कुल सम्पतिका साथ उनी यस सुचीको १० औं स्थातमा परेका छन् ।
Comments