काठमाडौं । लगातार बढिरहेको सुनको मूल्य बुधबार स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य मंगलबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ३९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बुधबार चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८१ बैशाख ०५ बुधबार
Comments