काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने घटेको छ । मंगलबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज भने अघिल्लो दिनको तुलनामा प्रतितोला चार सय रूपैयाँ बढेको हो ।
आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने घटेको छ। आज प्रतितोला १५ रुपैयाँ घटेर चाँदी प्रतितोला एक हजार चार सय ९० रूपैयाँमा कारोबार किनबेच भइरहेको छ ।
प्रकाशित मितिः २०८० चैत्र १४ बुधबार
Comments