काठमाडौं । आज सुनचाँदीको कारोबार मूल्य सोमबार स्थिर भएको छ। अन्तर्राष्ट्रिय बजारमा सामान्य गिरावट आए पनि स्थानीय बजारमा घटबढ नभएको हो।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ६ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ५० रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला एक हजार तीन सय १५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०८० जेठ २२ सोमबार
Comments