काठमाडौं । साताको तेस्रो दिन (मंगलबार) शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । बैंकहरुको ब्याजदर परिवर्तनसँगै प्रभावित भएको शेयर बजार आज पनि उच्च अंकले घट्न पुगेको हो । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० को विन्दुमा कायम भएको छ ।
आज शेयर बजारमा २३१ कम्पनीको ३८ लाख ५६ हजार ५३८ कित्ता शेयर खरिदबिक्री हुदाँ १ अर्ब २२ करोड ९६ लाख ६९ हजार ७२२ रुपैंया बराबरको कारोबारभएको छ । सो रकम बराबरको कारोबार हुँदा आज सर्वाधिक हिमालयन डिस्टिलरीको ५ करोड ६५ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
त्यस्तै, रिडी हाइड्रोपावरको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ७३ लाख, अरुण काबेली पावरको ३ करोड २६ लाख र अपि पावरको ३ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।
प्रकाशित मितिः २०७९ असोज ०४ मंगलबार
Comments