काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर ९१ हजार ४०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार ९०० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, आइतबार छापावाल सुन तोलाको ९१ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९१ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो । यता, सोमबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटेर ११ सय ७५ रुपैयाँ कायम भएको छ । आइतबार चाँदीको मूल्य प्रतितोला ११ सय ८५ रुपैयाँ कायम रहेको थियो ।
प्रकाशित मितिः २०७९ असोज ०३ सोमबार
Comments