काठमाडौं । आइतबार संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८९ को बजेट अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका थिए | सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रूपैयाँको बजेट ल्याएको हो।
यो चालु आर्थिक वर्षको बजेटभन्दा करिब १०% बढी हो। कुन मन्त्रालय तथा विभागलाई कति बजेट विनियोजन गरिएको छ तलको सुचीमा हेर्नुहोस् |
उद्योग, बाणिज्य तथा आपूर्ति: १० अर्ब ४८ करोड
कृषि तथा पशुपन्छी विकास: ५५ अर्ब ९७ करोड
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण: ७ अर्ब ४ करोड
वन तथा वातावरण: १३ अर्ब
श्रम, रोजगार तथा सामाजिक सुरक्षा: ९ अर्ब १३ करोड
स्वास्थ्य तथा जनसंख्या: ६९ अर्ब ३८ करोड
शिक्षा, विज्ञान तथा प्रविधि: ७० अर्ब ५ करोड
युवा तथा खेलकुद: २ अर्ब ४६ करोड
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक: १ अर्ब ७७ करोड
भौतिक पूर्वाधार तथा यातायात: १ खर्ब ६१ अर्ब ५६ करोड
सञ्चार तथा सूचना प्रविधि: ८ अर्ब ५९ करोड
शहरी विकास: ३७ अर्व ७३ करोड
संघीय मामिला तथा सामान्य प्रशासन: २५ अर्ब ३ करोड
प्रकाशित मितिः २०७९ जेठ १६ सोमबार
Comments