काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन ३ सय र चाँदी ५ रुपैयाँले बढेको हो ।
सोमबार ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज मंगलबार ३ सय रुपैयाँले बढेर ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
चाँदी पनि आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ असार २२ मंगलबार
Comments