काठमाडौं । आज सुनको मूल्य बढेको छ भने चाँदी चाहिँ स्थिर रहेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन ५ सय रुपैयाँले बढेको हो ।
बिहीबार ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज शुक्रबार ५ सय रुपैयाँले बढेर ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।चाँदी भने आज स्थिर रहँदै प्रतितोला १ हजार ३१० रुपैयाँमै कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रकाशित मितिः २०७८ असार १८ शुक्रबार
Comments