झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै

0

झापा । झापामा गम्भीर प्रकारका क्षयरोगीको सङ्ख्या बढ्दै गएको छ । चालु आर्थिक वर्ष २०७९/८० को फागुनसम्ममा १७ जना गम्भीर प्रकारका क्षयरोगी फेला परेको स्वास्थ्य कार्यालयका क्षयरोग स्रोत व्यक्ति वीरेन्द्र दासले जानकारी दिए।

झापामा चालु आवको फागुनसम्ममा पाँच सय ८४ नयाँ क्षयरोगी फेला परेका छन् । त्यसमा एक सय ९३ महिला र तीन सय ९१ पुरुष छन् । एघार महिला र ४० पुरुषमा क्षयरोग पुनः दोहोरिएको दासले बताउए । गत वर्ष जिल्लामा एक हजार एक सय ८६ नयाँ क्षयरोगी फेला परेका थिए ।

जिल्लामा ‘ड्रग रेसिसन्टेन’ (औषधिले काम नगर्न) रोगीको सङ्ख्या बढ्दै गएको स्वास्थ्य कार्यालयका प्रमुख रमेश बाराकोटीले बताए । फेला परेका रोगीको सङ्ख्याका आधारमा औषधि आउने भएकाले पनि केही समस्या भएको उनको भनाइ छ ।

उता क्षयरोग दिवसका अवसमा आज स्वास्थ्य कार्यालयले क्षयरोगीलाई अन्डा र चना वितरणसमेत गरेको छ । ‘हो, हामी क्षयरोग अन्त्य गर्छौँ’ भन्ने नाराका साथ आज झापामा विविध कार्यक्रमका साथ विश्व क्षयरोग दिवस मनाइँदैछ ।

प्रकाशित मितिः २०७९ चैत्र १० शुक्रबार

Comments

comments

Share.
Loading...

Comments