मुस्ताङमा नवजात शिशुको शव फेला

0

मुस्ताङ । मुस्ताङमा नवजात शिशुको शव फेला परेको छ। जिल्ला अदालत मुस्ताङको पछाडि पट्टीको क्षेत्रमा करिव २ हप्ता पुगिसकेको जस्तो देखिने शिशुको शव सोमबार साँझ फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।

मुस्ताङको घरपझोङ-४ जोमसोमस्थित जिल्ला अदालत पछाडि शिशुको शव फेला परेको सूचना अधिकारी राजकुमार तामाङले जानकारी दिए। यसबारे अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक तामाङले बताए। पोस्टमार्टमका लागि अहिले जिल्ला अस्पताल जोमसोममा राखिएको छ।

प्रकाशित मितिः २०७९ मंसिर १३ मंगलबार

Comments

comments

Share.
Loading...

Comments