काठमाडौं । विश्व नम्बर एक टेनिस खेलाडी अस्लेइग बार्टी मियामी ओपन टेनिसको फाइनलमा प्रवेश गरेकी छिन् ।
फ्लोरिडामा शुक्रबार बिहान भएको खेलमा उक्रेनी खेलाडी इलिना स्विटोलिनालाई पराजित गर्दै बार्टी उपाधि नजिक पुगेकी हुन् ।
बार्टीले पाँचौं वरीयता प्राप्त इलिनालाई ६-३ र ६-३ को सेटमा पराजित गरिन् ।
२४ वर्षीय अष्ट्रेलियन खेलाडीले इलिनाविरुद्ध जित निकाल्न १ घण्टा २७ मिनेटको समय निकालिन । साविक विजेता समेत रहेकी बार्टीले फाइनलमा मारिया सक्कारी र बियान्का एन्द्रेस्क्युबीचको विजेतासँग खेल्ने छिन् ।
कोरोना भाईरसको महामारीपछि बार्टीले पहिलो पटक विदेशी प्रतियोगिता खेलेकी हुन् । यस अघि उनले घरेलु भूमिमा अष्ट्रेलियन ओपन खेलेकी थिइन् । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र २० शुक्रवार
Comments