काठमाडौं । फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटमा इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा अल्बानियालाई २-० गोल अन्तरले पराजित गर्दै इंग्ल्यान्डले लगातार दोस्रो जित निकालेको हो ।
इंग्ल्यान्डलाई जित दिलाउन ह्यारी केन र मासन माउन्टले एक एक गोल गरे । खेलको ३८ औं मिनेटमा केनले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ६३ औं मिनेटमा माउन्टले गोल गर्दै इंग्ल्यान्डलाई २-० को सहज जित दिलाए । जितसँगै इंग्ल्यान्डले समूह आईमा २ खेलमा ६ अंक जोडेको छ । इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेको छ ।
अल्बानियाको यो पहिलो हार हो । अल्बानियाले २ खेलमा ३ अंक जोडेको छ । यस समूहमा पोल्याण्ड ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । पोल्याण्डले आइतबार राति एन्डोरालाई ३-० ले हराएको थियो ।
यसै समूहको अर्को खेलमा हंगेरीले सान मारिनोलाई ३-० ले नै हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ चैत्र १६ सोमवार
Comments