काठमाडौं । नेपाल पुलिस क्लबले टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको उपाधि जितेको छ । पोखरा रंगशालामा आज भएको फाइनलमा एपीएफ क्लबलाई २५-२२, २५-२२ र २५-२१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको हो ।
यससँगै पुलिसले लगातार दोस्रो उपाधि जितेको हो । गत वर्ष पीएम कप भलिबलमा एपीएफलाई नै पराजित गर्दै पुलिसले उपाधि जितेको थियो । उपाधिसँगै पुलिसले १ लाख ५० हजार प्राप्त गरेको छ । उपविजेता बनेको एपीएफले ७५ हजारमा चित्त बुझाएको छ ।
पुरुषतर्फको फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच आजै प्रतिस्पर्धा हुनेछ ।
प्रकाशित मितिः २०७७ फागुन १
Comments