काठमाडौं । दक्षिण कोरियाकी पूर्वराष्ट्रपति पार्क ग्युन हेईलाई २० वर्षको जृल सजाय सुनाइएको छ । उच्च तहको भ्रष्ट्राचार मुद्दामा त्यहाँको सर्वोच्च अदालतले उनलाई जेल सजाय तोकेको कोरियन समाचार एसेन्सी योनाप जनाएको छ ।
योनापका अनुसार जेल सजायका साथै पार्कलाई १८ अर्ब कोरियन वन जरिवाना तोकिएको छ । २०१३ देखि २०१७ सम्म दक्षिण कोरियाकी राष्ट्रपति रहेकी पार्कले विदेशी कम्पनीहरुबाट करोडौँ डलर घुस लिएको भन्दै उनीमाथि मुद्दा दायर भएको थियो ।
दक्षिण कोरियाको पहिलो राष्ट्रपति रहेकी पार्कलाई भ्रष्टाचारको अभियोग लागेपछि पदबाट हटाइएको थियो । ६८ वर्षीया पार्क २०१७ मार्च ३१ देखि नै कारागारमा रहँदै आएकी छिन् । एजेन्सी
प्रकाशित मितिः २०७७ माघ ०१ बिहिबार
Comments