काठमाडौं । म्यानचेस्टर युनाईटेड इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार राति भएको खेलमा बर्नलीलाई १-० गोल अन्तरले पराजित गर्दै युनाईटेड शीर्ष स्थानमा उक्लिएको हो ।
बर्नलीको मैदानमा युनाईटेडलाई जित दिलाउन पाउल पोग्बाले निर्णायक गोल गरे । उनले खेलको ७१ औं मिनेटमा मार्कुस राषफोर्डको पासमा भली गोल गरेका थिए । पोग्बाको यो सिजनको दोस्रो गोल हो ।
बर्नलीलाई हराएसँगै युनाईटेड लिगको शीर्ष स्थानमा उक्लिएको छ । युनाईटेडले १७ खेलमा ३६ अंक जोडेको छ । युनाईटेडले लिभरपुललाई ३ अंकले पछि बनाएको छ ।
बर्नली १६ अंक जोडेर १६ औं स्थानमा रहेको छ । अर्को खेलमा सेफिल्ड युनाईटेडले न्युकासल युनाईटेडलाई १-० ले हराएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ पौष २९ बुधबार
Comments