काठमाडौं । अहिले विश्व करोनो माहामारीसँग जुधी रहेको छ। कोरोनाका कारण विश्वका धेरै देशमा खेलकुदका गतिविधि ठप्प छन्। सञ्चालन भइरहेका देशहरुमा पनि दर्शकलाई प्रवेश गर्न दिइएको छैन्।
नेपाल र बङ्गलादेशबीचको मैत्रिपूर्ण खेलमा भने निश्चित संख्यामा दर्शकलाई प्रवेश गराइने भएको छ। बंगलादेशफुटबल फेरेडेसन (बिएफएफ)ले दर्शकको संख्या नखुलाए पनि खेलका लागि टिकटको दर भने ताकेको छ।
बिएफएफको हिजो बसेको बैठकले भिआइपी प्याराफिटको टिकट मूल्य ५०० टाका र साधारण प्याराफिटको टिकट मूल्य १०० टाका तोकेको छ। मैत्रीपूर्ण खेलमा रंगशाला आउने दर्शकले फिफा तथा एएफसीको स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने संघले जनाएको छ।
नेपालले नोभेम्बर १३ र १७ मा बङ्गलादेशसँग दुई मैत्रिपूर्ण खेल खेल्दैछ। दुवै खेल स्थानीय समयअनुसार बेलुका पाँच बजे ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा हुनेछ।
नेपालले २ वर्षपछि बङ्गलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो। पछिल्लो पटक नेपाल र बङ्गलादेशले सन् २०१८ मा भएको साफ च्याम्पियनसमा एक अर्काको सामना गरेका थिए। साफको समूह चरणमा बङ्बन्धु मैदानमै भएको उक्त खेलमा नेपाल २–० ले विजयी भएको थियो।
प्रकाशित मितिः २०७७ कार्तिक २६ बुधबार
Comments