काठमाडौं । सेप्टेम्बर १९ देखि यूएईमा सुरु हुने इन्डियन प्रिमियर लिग आईपीएल २०२० खेल्नका लागि नेपाली क्रिकेटर सन्दीप लामिछाने यूएई पुगेका छन् । दिल्ली क्यापिटल्समा आवद्ध उनले पछिल्लो दुई सिजन दिल्लीका लागि खेलेका थिए ।
ट्रिनिडाड एण्ड टोबागोमा भएको क्यारेबियन प्रिमियर लिग सीपीएल खेलेर उतैबाट सन्दीप सोमबार यूएई पुगेको दिल्ली फ्रेन्चाइजले जनाएको छ ।
सन्दीपले टिमको प्रशिक्षणमा सहभागी हुनका लागि कोरोना परीक्षण गराउनुपर्नेछ । दुई पटक कोरोना नेगेटिभ आएपछि मात्र उनले टिमको प्रशिक्षणमा सहभागी जनाउनेछन् ।\
प्रकाशित मितिः २०७७ भदौ ३० मंगलबार
Comments