काठमाडौं । फ्रेन्च क्लब लियोनले महिला च्याम्पियन्स लिगको उपाधि जितेको छ । जर्मन क्लब उल्फ्सवर्गलाई ३–१ गोल अन्तरले पराजित गर्दै लियोनले महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।लियोनको जितमा युजेनी लि सोममेर, साकी कुमागाइ र सारा ब्योर्कले एक एक गोल गरे ।
जर्मन क्लबका तर्फबाट एलेक्स पोपले हेडमार्फत एक गोल फर्काएकी थिइन् । लियोनले लगातार पाँचौ पटक महिला च्याम्पियन्स लिगको उपाधि उचालेको हो ।
उसले सर्वाधिक ७ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । लियोनले पछिल्ला ११ बर्षमा ९ पटक च्याम्पियन्स लिगको फाइनल खेलेको छ ।
इङ्ल्याण्डकी लुसी ब्रोन्जले युरापेली च्याम्पियन्स लिगको उपाधिमा ह्याट्रिक सहित लियोनको यात्रा समाप्त गरिन् । २८ बर्षिया खेलाडीले नयाँ गन्तव्यको बिषयमा बोलेकी छैनिन् । तर उनले सिजनको अन्त्यसंगै क्लब छाड्ने घोषणा गरेकी थिईन् । दुई पटकको विजेता उल्फ्सवर्ग पाँचौ पटकको फाइनल भिडन्तमा समेत लियोनलाई पराजित गर्न असफल रह्यो ।
कोरोनाका कारण दर्शक विहिन फाइनल खेल स्पेनको रियल सोसिडाडको मैदानमा खेलाईएको थियो । प्रतियोगितालाई सिंगल लेगमा ९ दिनमा सकिएको हो । कोरोनाको महामारीका कारण मार्चपछि प्रतियोगिता स्थगित अवस्थामा थियो । एजेन्सी
प्रकाशित मितिः २०७७ भदौ १५ सोमबार
Comments