काठमाडौं । आयरल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा इङ्ल्यान्डमाथि सात विकेटको सनसनीपूर्ण जित निकालेको छ । जितका लागि ३ सय २९ रनको लक्ष्य पाएको आयरल्यान्डले ४९।५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको हो ।
आयरल्यान्डका लागि पउल स्टर्लिङले १ सय ४२ र कप्तान एन्ड्रयु बालबिरनीले १ सय १३ रन बनाए । यो नै आयरल्यान्डको जितको आधार बन्यो । उनीहरूले दोस्रो विकेटका लागि २ सय १४ रनको साझेदारी गरे ।
यसअघि इङ्ल्यान्ड ४९।५ ओभरमा अलआउट भएको थियो । टोलीका लागि इओन मोर्गनले १ सय ६ रन बनाएका थिए । यो नतिजापछि तीन एकदिवसीयको शृंखला इङ्ल्यान्डको पक्षमा २–१ ले टुंगिएको छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन २१ बुधबार
Comments