काठमाडौं । प्रिमियर लिगमा म्यानचेस्टर सिटी बुधबार बिहान भएको खेलमा सिटीसँग वार्टफोड आफ्नो घरेलु मैदानमा ४–० गोल अन्तरले पराजित भएको छ ।
वार्टफोड लिगमा ३४ अंकसहित १७ औं स्थानमा छ । लिगको शीर्ष दोस्रो स्थानमा रहेको सिटीको जीतका लागि स्ट्रलिङले दुई गोल गरे भने फिल फोडेन र एमेरिक लापोर्तेले समान एक–एक गोल गरे ।
खेलको पहिलो हाफमा २–० गोलको सहज अवस्थामा पुगेको सिटीका लागि स्ट्रलिङले ३६ र ४१ औं मिनेटमा गोल गर्दै टीमलाई दोहोरो अग्रता दिलाएका थिए ।
दोस्रो हाफमा फोडेनले ६०औं मिनेटमा गोल गर्दै टिमलाई ३–० गोलको अग्रता दिलाएका थिए भने लार्पोतेले ६६औं मिनेटमा गोल गरेका थिए ।
४–० गोलले पछि परेको वाटफोर्डका लागि गोल फर्काउने समय रहेपनि उसले अवसलाई सदुपयोग गर्न नसक्दा फराकिलो हार व्येहोर्न बाध्य भयो । ३७ खेल खेलेको सिटी ७८ अंकसहित दोस्रो स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०७ बुधबार
Comments