काठमाडौं। प्रिमियर लिग क्लब उल्भ्सले युरोपा लिग सम्भावनालाई कायमै राखेको छ । सोमबार राति क्रिस्टल प्यालेसबिरुद्ध २–० को सहज जित निकाल्दै उल्भ्स तालिकाको शीर्ष ६ क्लबभित्र अटाएको छ ।
क्यास्टेलो पौडेन्सले ४१ औं मिनेटमा घरेलु टोली उल्भ्सलाई अग्रता दिलाएका थिए । कास्ट्रो ओटोले ६८ औं मिनेटमा गोल गर्दै उल्भ्सको जित सुनिश्चित गरेका थिए । उल्भ्सले टोटेनहमलाई पछि पार्दै छैटौं स्थानमा उक्लिएको छ ।
आईतबार चेल्सीबिरुद्ध हुने लिगको अन्तिम खेलले उल्भ्सको गत सिजन भन्दा राम्रो नतिजा हुने(नहुने पक्का गर्नेछ । गत सिजन उल्भ्सले सातौं स्थानमा रहदै लिगको अन्त्य गरेको थियो ।
छैटौ स्थानको उल्भ्सले ५९ अंक जोडेको छ । उल्भ्स सातौ स्थानको टोटेनहम भन्दा एक अंकले मात्र अघि छ । क्रिस्टल प्यालेस ४२ अंक सहित १४ औं स्थानमा रहदै शीर्ष डिभिजनमा अडिने पक्का गरिसकेको छ ।
अर्को खेलमा एभर्टनले सेफिल्ड युनाईटेडलाई १–० ले हरायो । पाहुना टोलीको जितमा दोस्रो हाफको पहिलो मिनेटमा रिचरलिसनले विजयी गोल गरेका थिए । जित सहित एभर्टन ५३ अंक सहित दसौं स्थानमा उक्लियो । सेफिल्ड ५४ अंक सहित अठौं स्थानमा छ ।
अर्को खेलमा ब्राइटन र न्युक्यासलले गोल रहित बराबरी खेल्दै अंक बाँडे । दुवै टोलीले यस सिजन प्रिमियर लिगमै अडिने निश्चित गरेका छन् । ब्राइटन ३८ अंक सहित १५ औं स्थानमा र न्युक्यासल ४४ अंक सहित १३ औं स्थानमा छ । एजेन्सी
प्रकाशित मितिः २०७७ साउन ०६ मंगलबार
Comments