काठमाडौं । कोराना भाईरस संक्रमित इटालियन क्लब युभेन्ट्सका फरवार्ड पाउलो डिबालाको चौंथो रिर्पोट पनि ‘पोजेटीभ’ आएको छ ।
कोरोना संक्रमणका कारण पछिल्लो ६ हप्ताबाट उपचार गराइरहेका फरवार्ड डिबालाको रिपोर्ट पोजिटिभ आएको मिरर अनलाइनले जनाएको छ ।
अर्जेन्टिनाका फरवार्ड डिबालालाई गत मार्च २१ मा कोरोनाको संक्रमण पुष्टि भएको थियो । डिबालासँगै उनको गर्लफ्रेन्ड ओरिना सबाटिनीलाई समेत कोरोना पोजिटिभ देखिएको थियो ।
डिबालाले कोरोनापछि आफुमा श्वासप्रश्वासको समस्या भएको बताएका छन् । यस अघि युभेन्ट्सका मिडफिल्डर ब्लेस माटुइडी र डिफेन्डर डानिली रुगानी कोरोना भाईरसबाट मुक्त भएका थिए ।
कोरोनाको कारण इटालीमा खेलकुद गतिविधि अनिश्चितकालका लागि स्थगित गरिएको छ । सिरी ए लिगमा यस सिजन युभेन्ट्स शीर्ष स्थानमा रहेको छ । एजेन्सी
Comments