काठमाडौं । इटालियन क्लब साम्पडोरियाका पाँच खेलाडी कोरोना भाईरसबाट मुक्त भएका छन् । साम्पडोरियाले शुक्रबार आफ्ना खेलाडी कोरोना भाईरसबाट मुक्त भएको जनाएको छ ।
सिरी ए क्लब साम्पडोरियाका पाँच खेलाडी र एक फिजियोलाई कोरोनाको संक्रमण देखिएको थियो । कोरोना पोजेटिभ देखिएपछि उनीहरु उपचारमा रहेका थिए ।
क्लबले आफ्ना खेलाडी मानोलो गाब्बियाडिनी, ओमार कोले, अल्बिन एक्डाल, एन्टोनियो ला गुमिना, मोर्टेन थ्रोस्बी र फिजियो एमेडियो बाल्डारी कोरोनाबाट पूर्ण रुपमा ठिक भएको जनाएको छ ।
कोरोनाको कारण सिरी ए लिग अनिश्चितकालका लागि स्थगित गरिएको छ । यस सिजन युभेन्ट्स शीर्ष स्थानमा रहदा लाजियो दोस्रो स्थानमा रहेको छ ।
चीनबाट फैलिएको कोरोनाको कारण इटाली सर्वाधिक प्रभावित हुने राष्ट्र रहेको छ । इटालीमा २५ हजार बढी मानिसले ज्यान गुमाईसकेका छन् । एजेन्सी
प्रकाशित मितिः २०७६ बैशाख १२ शुक्रबार
Comments