काठमाडौं । हालै सम्पन्न निर्वाचनबाट निर्वाचित राष्ट्रियसभा सदस्यको शपथ फागुन २१ गते हुने भएको छ। बानेश्वरस्थित संघीय संसद् भवनको, लोत्से सभाहलमा २१ गते राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित सदस्यहरुलाई सपथ गराउनेछन्।
‘आ-आफ्नो पहिचान झल्कने औपचारिक पोसाकमा निर्वाचन आयोगबाट प्राप्त राष्ट्रियसभा सदस्य पदको प्रमाणपत्र एवं नागरिकता प्रमाणपत्रको सक्कल तथा प्रतिलिपिसहित’ नवनिर्वाचित सदस्यलाई उपस्थित हुन अनुरोध गरिएको छ।
कुनै नवनिर्वाचित सदस्यले आफ्नो मातृभाषामा सपथ लिन चाहेमा तीन दिन अगावै जानकारी गराउन पनि महासचिव मनोहरप्रसाद भट्टराईले जारी गरेको सूचनामा भनिएको छ।
प्रकाशित मितिः २०७६ फागुन १३ मंगलबार
Comments