काठमाडौं । नेपाली यू–१५ महिला फुटबल टिमले आज सोमबार भुटानको यू–१५ महिला फुटबल टिमसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपालले भुटानसँग नेपाली समय अनुसार अपरान्ह २ बजे खेल्नेछ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मैत्रीपूर्ण खेल निःशुल्क हेर्न सकिने जनाएको छ ।
महिला फुटबल विकासको लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको एन्फाले जनाएको छ ।
अर्को मैत्रीपूर्ण खेल भोलि बुधबार हुनेछ ।
प्रकाशित मितिः २०७६ पौष ७ सोमबार
Comments