काठमाडौं । महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत् प्रधानमन्त्री केपी शर्मा ओलीलाई भोलिसम्म डिस्चार्ज गर्ने तयारी भइरहेको छ।
प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार आएकोले शुक्रबारसम्म डिस्चार्ज गरिने उपचारमा संलग्न वरिष्ठ चिकित्सक अरुण सायमीले बताए।
‘अब प्रधानमन्त्रीज्यू धेरै दिन अस्पताल बस्नु पर्दैन। उहाँको स्वास्थ्यमा धेरै सुधार आइसकेको छ,’उनले भने,’भोलिसम्म उहाँलाई हामीले डिस्चार्ज गर्छौं।’
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले पनि प्रधानमन्त्रीको स्वास्थ्यमा गुणात्मक सुधार आएकाले अब छिट्टै डिस्चार्ज हुने बताए।दस दिनअघि प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया भएको थियो। प्रधानमन्त्री ओलीलाई आजै डिस्चार्ज गर्न पनि सकिने अस्पताल स्रोतले जानकारी दियो।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments