काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुदमा नीमा घर्तीमगरले बिहीबार उसुमा स्वर्ण पदक जितेकी छन् ।
उनले नान्छवान अल राउन्डमा बिहीबार बिहान स्वर्ण पदक जितेकी हुन् । सागमा उनको यो दोस्रो स्वर्ण हो । यसअघि १२ औं सागमा उसुको थाउलोमा उनेले स्वर्ण जितेकी थिइन् ।
विश्वबुद्धले जिते रजत
१३ औं दक्षिण एसियाली खेलकुदमा बिहीबार बिहान उसुको प्रतिस्पर्धामा नेपाली खेलाडी विश्वबुद्ध मगरले रजत पदक जितेका छन् ।उसुको ताउसु कुन्सु अलराउन्डमा विश्वबुद्धले रजत पदक जितेका हुन् ।
प्रकाशित मितिः२०७६ मंसिर १९ बिहीबार
Comments