पोखरा । १३औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत महिला फुटबलमा नेपालले विजयी सुरुवात गरेको छ । पोखरा रंगशालामा मंगलबार आफ्नो पहिलो खेलमा नेपालले श्रीलंकामाथि १–० को हराउँदै विजयी सुरुवात गरेको हो ।
नेपालका लागि सरु लिम्बुले निर्णायक गोल गरिन् । खेलको ८७ औं मिनेटमा सरुले गोल गर्दै ३ अंक जोडिन् । आजै दिउँसो २ बजे माल्दिभ्स र भारतबीच खेल हुँदैछ ।
प्रकाशित मितिः२०७६ मंसिर १७ मंगलबार
Comments