भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर

भक्तपुर न्यूज

११ मंसिर २०७६ ६:१४

भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको पुरानो व्यवस्थापन समितिले गरेका सबै नियुक्ति बदर गरिएको छ ।

आइतबार अस्पतालको का.मु. प्रमुख कार्यकारी अधिकृतमा रुपेश शिलाकार,का.मु. मेडिकल डाइरेक्टरमा डा. दिपेश ढकाल, का.मु. डेपुटी मेडिकल डाइरेक्टर डा. उत्सवमान श्रेष्ठ र का.मु. डेपुटी मेडिकल डाइरेक्टरमा डा. अजयकुमार झालाई गरिएको नियुक्तिलाई निर्वाचन आयोगले बदर गरेको हो ।

जिल्लामा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा उक्त पदहरुमा गरिएको नियुक्ति निर्वाचन आचारसंहिता २०७२ को दफा ९ र १० विपरीत भएकोले आयोगले उक्त नियुक्ति बदर गरेको हो ।

ती पदमा जुनसुकै तरिकाले नियुक्ति भए पनि उक्त नियुक्ति निर्वाचन आयोग ऐन २०७३ को दफा २३ को उपदफा ९२० बमोजिम निर्वाचन आयोगले बदर गरेको ठहर गरी २४ घण्टाभित्र सोको जानकारी आयोगलाई दिन अनुरोध गरेको छ । यसअघि भक्तपुर क्यान्सर अस्पतालले निर्वाचन आचारसंहिता २०७२ को परिच्छेद ४ को दफा ९ र १० विपरीत नियुक्ति गरेको व्यहोरा लेखी पठाएको थियो ।

प्रकाशित मितिः२०७६ मंसिर ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *