भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नगरव्यापी विद्यालय स्तरीय फुटसल प्रतियोगिता सुटर फुटसल जारी रहेको छ ।
सोमबार भएको खेलमा विद्या विकास र हिमालय स्कुल बीच भएको निर्धारित खेलमा १–१ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा गरिएको थियो । जसमा विद्या विकास ३–२ ले विजय भएको थियो । यसैगरी ग्लिटर फ्युचर र महेन्द्र विद्या आश्रमबीच भएको खेलमा पनि २–२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुट आउटमा महेन्द्र विद्याले २–३ ले बिजय भएको थियो ।
त्यस्तै सेक्रिट हर्टले बाल विकासलाई २–१ ले, मेघा मा।वि।ले विद्या आर्जन स्कुललाई ३–१ ले, हिमालय ग्लोरीले अक्सफोर्डलाई ६–२ ले पराजित गरेका थिए ।
सोमबारै भएको दोश्रो चरणको खेलमा बासु मा।बि।ले प्रभात ई।स्कूललाई २–० ले, रोम्बसले गोल्डेन गेटलाई ४–० ले, सनसाईनले मिनवालाई ३–१ ले, सैनिक आवासियले बागिश्वरी मा।वि।लाई ६–१ ले, सेक्रिट हर्टले विद्या विकासलाई ३–१ ले तथा जेन्युइनले मेघालाई ५–० ले पराजित गरेका थिए ।
त्यस्तै वाईजल्याण्डबिरुद्ध श्री पद्म मा।विले वाक ओभर दिएपछि वाईजल्याण्ड विजयी भएको थियो । यसैगरी, हिमालय ग्लोरी र महेन्द्र बिद्या आश्रमबीच भएको खेलमा दुवै तर्फबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टि सुट आउटबाट गरिएको थियो जसमा महेन्द्र बिद्या ३–१ ले विजय भएको थियो ।
प्रकाशित मितिः २०७६ कार्तिक १९ मंगलबार
Comments