काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इन्टरनेसनल सुपर कपको उपाधि जितेको छ ।
चीनको सोझुमा भएको खेलमा फ्रान्सेली लिग च्याम्पियन पीएसजीले अष्ट्रेलियन च्याम्पियन सिड्नी एफसीलाई ३–० ले पराजित गर्दै उपाधि जितेको हो । पीएसजीका लागि किलियन एम्बाप्पे, एडिन्सन काभानी र मेथान गुक्लुले एक एक गोल गरे ।
खेलको ३८ औं मिनेटमा एम्बाप्पेले गोल गरेपछि पीएसजीले अग्रता बनाएको थियो । ४३ औं मिनेटमा काभानीले गोल गर्दै पीएसजीले अग्रता दोब्बर बनायो । ८९ औं मिनेटमा गुक्लुले गोल गर्दै पीएसजीले ३–० ले खेल अनफनो पक्षमा पार्यो । यसैगरी, पीएसजीले आगामी शनिबार फ्रेन्च कप विजेता रेन्नेससँग ट्रफी दे च्याम्पियनका लागि प्रतिस्पर्धा गर्नेछ । एजेन्सी
प्रकाशित मितिः २०७६ साउन १५ बुधबार
Comments