देश हडप्न खोज्ने माफिया सक्रिय छन्ः सभामुख महरा

भक्तपुर न्यूज

१४ असार २०७६ ८:०७

देश हडप्न खोज्ने माफिया सक्रिय छन्ः सभामुख महरा

भक्तपुर । प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले देश हडप्न खोज्ने माफियाहरु देशमा सक्रिय भएको बताएका छन् ।

शनिबार सूर्यविनायक नगरपालिका–४ दधिकोटस्थित दक्षिण बाराही उद्यान सामुदायिक वनमा आयोजना गरेको राष्ट्रिय बृक्षारोपण तथा सरसफाई कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

व्यक्तिका नाममा गएका र सार्वजनिक जग्गा, वन, पोखरी जस्ता प्राकृतिक सम्पत्तिलाई सरकारले समुदायको नाममा फर्काउने अभियान संचालन गरेको चर्चा गर्दै उनले प्राकृतिक सम्पदा एवं सार्वजनिक सम्पत्ति व्यक्तिको नाममा लैजाने प्रबृत्ति अब अन्त्य हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सांसद महेश बस्नेतले भक्तपुरलाई आगामी ३ वर्ष भित्र देश कै नमूनाको जिल्ला बनाउने दाबी गर्दै यो जिल्ला ३ वर्षपछि देश विदेशका विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्ने जिल्लाको रुपमा विकास हुने बताए ।

उनले सूर्यविनायक नगरपालिका क्षेत्रमा एक घर एक बिरुवा अभियान संचालन भईसकेको बताउँदै आकाशे पानी संकलन अभियान, प्रत्येक सामुदायिक वनमा कम्तीमा एक पोखरीको निर्माण गर्ने, सडक बालबालिका मुक्त जिल्ला बनाउने, जाम मुक्त, उज्यालो भक्तपुर बनाउने बिचार व्यक्त गरेका छन् ।

त्यस अबसरमा प्रदेश नं। ३ का सांसद शशीजंग थापाले करिव २३ रोपनी क्षेत्रफलमा फैलिएको दक्षिण बाराही उद्यान सामुदायिक वनमा प्रदेश सरकारको ७० लाख रुपैयाको लागतमा अत्याधुनिक र आकर्षक पार्क निर्माणm कार्य भईरहेको बताउदै यस्ता पार्कहरुको बिभिन्न ठाउँमा विस्तार गर्दै लैजाने बताए ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख एवं हनुमन्ते सफाई अभियानका संयोजक वासुदेव थापा, दक्षिण बाराही उद्यान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष ज्ञानकृष्ण श्रेष्ठ लगायले बृक्षारोपण गर्नेमात्र नभई रोपिएका विरुवालाई हुर्काएर संरक्षण गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा २०० वटा एभोगाडोका विरुवा रोपिएको थियो ।

प्रकाशित मितिः २०७६ असार १४ शनिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *