काठमाडौँ। पोर्चुगिज क्लब बेन्फिकाका युवा स्टार जोआओ फिलेक्स स्पेनिस क्लब एट्लेटिको मड्रिडसंग अनुबन्धनको नजिक पुगेका छन् । बेन्फिकाले आफ्ना युवा स्टार खेलाडीमाथि एट्लेटिकोले राखेको १ सय १३ मिलियन पाउण्डको प्रस्ताव स्विकार गर्न सकिने बताएको छ ।
बेन्फिकाले १९ बर्षका खेलाडीका लागि १ सय २० मिलियन युरोको रिलिज क्लोज तोकेको थियो । तर ला लिगा क्लबले किस्ताबन्दीमा सो रकम तिर्न चाहेको छ ।
फिलेक्स स्पेनिस क्लबसंग अनुबन्धित भए उनी विश्व फुटबलका सर्वाधिक ५ महङ्गा फुटबलर बन्नेछन् । नेयमार, केलियन एम्बाप्पे, फिलिप कौटिन्हो र उसमान डेम्बेलेसंग उनीपनि सर्वाधिक महङ्गा फुटबलर बन्नेछन् ।
उनले सिनियर स्तरमा गत अगष्टमा डेब्युको अवसर पाएका थिए । पछिल्लो सिजन उनले १५ गोल गरेका थिए ।
सहमतीले औपचारिकता पाए फिलेक्स युरोपेली क्लब फुटबलका दोस्रो महङ्गो युवा फुटबलर भन्नेछन् । यसअघि पेरिस सेन्ट जर्मेन पीएसजीले केलियन एम्बाप्पेलाई १ सय ८० मिलियन युरोपमा क्लबमा अनुबन्धन गरेको थियो ।
पोर्टोका पुर्व खेलाडी यसै बर्ष राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनले नेसन्स लिग फुटबलमा सेमिफाईनलको खेल खेलेका थिए ।
‘एट्लेटिको मड्रिडले करिब १ सय १३ मिलियन युरोको प्रस्ताव राखेको छ । त्यस बिषयमा छलफल भईरहेको छ ।’ बेन्फिकाले भनेको छ ।
गत बर्ष युरोपा लिगमा ह्याट्रिक गरेपछि उनी चर्चामा आएका थिए । युरोपा लिगमा ह्याट्रिक गर्ने उनी बेन्फिका र पोर्चुगलका एक मात्र युवा खेलाडी हुन् ।युरोप लिगको ईतिहासमा कुनै युवा खेलाडीले ह्याट्रिक गरेको छैन ।एजेन्सी
प्रकाशित मितिः २०७६ असार १२ बिहिबार
Comments