लोकसेवाको दरखास्त दिने म्याद एक हप्ता थपियो
काठमाडौं । लोकसेवाको दरखास्त दिने म्याद एक हप्ता थपिएको छ । लोकसेवा आयोगले मंगलबार सुचना निकालेर दरखास्त दिने म्याद एक हप्ता थपेको हो ।
आयोगले गएको जेठ १५ गते देशभरका ५१५ स्थानीय तहका विभिन्न पदमा पदपूर्तिका लागि प्रकाशित गरेको विज्ञापनको दरखास्त दिने दिन आज अर्थात असार ३ गते अन्तिम म्याद रहेको थियो ।
अनलाइन प्रणालीमार्फत दरखास्त दिनेहरुको संख्या अत्यधिक भएकाले सर्भरमा समस्या देखिएर धेरै जनाले दरखास्त दिन नपाएको गुनासो आएकोले मंगलबार निर्णय गरी असार १० गतेसम्म म्याद थप गरिएको असार १७ गतेसम्म दोब्ब दस्तुर तिरेर दरखास्त दिन सकिने व्यवस्था गरिएको सुचनामा उल्लेख छ ।।
प्रकाशित मितिः २०७६ असार ३ मङ्गलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२० असार २०८२ ५:५२
यस वर्ष ६० हजारभन्दा बढीमा डेँगु संक्रमण हुनसक्ने अनुमान
२० असार २०८२ ६:००
सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त
२० असार २०८२ ६:१०
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर
२० असार २०८२ ६:१३