भक्तपुरमा राडर गन पुनःप्रयोगः दुई दिनमै ३९ सवारी साधन कारवाहीमा

भक्तपुर न्यूज

२ असार २०७६ ११:४२

भक्तपुरमा राडर गन पुनःप्रयोगः दुई दिनमै ३९ सवारी साधन कारवाहीमा

भक्तपुर । ६ लेन सडकमा दुर्घटना न्यूनिकरणका लागि भक्तपुर ट्राफिकले सवारी गति नियन्त्रणका गर्न फेरी राडर गन प्रयोगमा ल्याएको छ ।

राडर गन असार १ गतेदखि प्रयोगमा ल्याएको दुई दिनमै ट्राफिक प्रहरीले ३९ सवारी साधन कारवाहीमा परेका छन् ।

प्रति घण्टा ५० किलोमिटर भन्दा बढी गतिमा सवारी हाँक्ने सवारी चालकहरुलाई कारवाहीको दायरमा ल्याएको हो । न्यूनतम २ सयदेखि अधिकत्तम एक हजारसम्म जरिवाना गरिएको हो ।

तिव्र गतिमा सवारी चलाउँदा दुर्घटना बढ्ने भएकाले ट्राफिक प्रहरीले प्रति घण्टाको ५० किलोमिटरसम्म सवारी हाँक्न पाउने नियम असार १ गते देखि लागू गरेको हो ।

भक्तपुर ट्राफिकले अरनिको राजमार्ग अन्तर्गत जडिबुडीदेखि साँगासम्म चल्ने ७ हजार ६ सय ३९ सवारीसाधनबाट चालु आर्थिक बर्षको ११ महिनामा ५१ लाख ३५ हजार पाँँच सय रुपैँया संकलन गरेको छ ।

चालू आर्थिक बर्षको ११ महिनामा ५ सय ७६ सवारी दुर्घटना हुँदा २१ जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक बर्षमा ८ हजार ४ सय ७१ सवारी साधन कारवाहिमा परेको थिए भने उक्त समयमा ४५ लाख ४६ हजार राजस्व संकलन गरिएको महानगरीय ट्राफिक प्रहरी परिसर सल्लाघारीले जनाएकोे छ ।

प्रकाशित मितिः २०७६ असार २ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *