हेटौंडा । मनहरि गाउँपालिकास्थित एक निजी विद्यालयमा एल केजीमा अध्ययन गर्ने छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक शिक्षक पक्राउ गरेको छ ।
एलकेजीमा पढ्ने साढे ३ वर्षीया छात्रालाई बलात्कार गरेको आरोपमा मकवानपुरको मनहरि गाउँपालिका–६ का शिक्षक अमन लामालाई प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यालय मनहरिले जनाएको छ ।
२२ वर्षीय लामाले छात्रालाई स्कुलको शौचालयमा सोमबार बलात्कार गरेको पीडितको परिवारले इलाका प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।
उजुरीका आधारमा लामालाई प्रहरीले पक्राउ गरी जबर्जस्तीकरणीसम्बन्धी कसुरमा मुद्दा चलाएको इलाका प्रहरी कार्यालय मनहरिका इन्चार्ज प्रहरी निरीक्षक वीरेन्द्र पनेरुले बताए । लामालाई प्रहरीको नियन्त्रणमा राखिएको छ भने पीडित बालिकाको परिवारको निगरानीमा उपचार भइरहेको छ।
प्रकाशित मितिः २०७६ जेठ ४ शनिबार
Comments