काठमाडौं । अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले ट्रम्पलाई सघाएको आरोपबारे छानबिन गर्न गठित विशेष काउन्सिलले प्रतिवेदन पेश गरेको छ । उक्त प्रतिवेदन विशेष काउन्सिलर रोवर्ट मुलरले बहुप्रतिक्षित रिपोर्ट महान्यायाधिवक्ता विलियम बारलाई बुझाएका हुन् ।
सन् २०१६ को अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले ट्रम्पलाई सघाएको आरोप विपक्षीले लगाएपछि त्यसबारे छानबिन गर्न रोबर्ट मुलरको नेतृत्वमा छानबिन टोलीले २२ महिना लामो अध्ययनपछि प्रतिवेदन बुझाएको हो । बीबीसीका अनुसार, प्रतिवेदनको संक्षेपीकरण गरेर महान्यायाधिवक्ताले संसदमा पेस गर्नेछन् ।
यद्यपि, मुलरले यसअघि नै ट्रम्पका ६ पूर्वसहयोगी र दर्जनौं रसियनलाई दोषारोपण गरिसकेका छन् । ट्रम्पले भने यो छानबिनलाई हास्यास्पद भएको टिप्पणी गर्दै आएका छन् । एजेन्सी
प्रकाशित मितिः२०७५ चैत ९ शनिबार
Comments