काठमाडौं । बर्नेली एफसीविरुद्ध शानदार जित निकाल्दै म्यानचेष्टर सिटी एफए कपको पाँचौ चरणमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा बर्नेलीलाई ५–० को शानदार जित निकाल्दै सिटील अघिल्लो चरणमा स्थान बनाएको हो ।
सिटको घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन ग्राबियल जिसस, बर्नार्डो सिल्भा, केभिन डी ब्रुएन र सर्जियो अग्युरोले समान एक–एक गोल गरे भने एक गोल आत्मघाती उपहार पाएको थियो ।
घरेलु मैदानमा सिटीले २३ औं मिनेटबाट अग्रता बनाएको थियो । उसका लागि जेससले गोलको खाता खोलेका थिए । खेलको पहिलो हाफ १–० को अग्रता बनाएको सिटीले दोस्रो हाफमा ४ गोल थप्यो ।
खेलको ५२ औं मिनेटमा सिल्भाले र ६१ औं मिनेटमा केभिन डी ब्रुएनले गोल गर्दै ३–० को अग्रता बनाएका थिए । तर, ७३ औं मिनेटमा केभिन लङले गोल गरेपछि ४–० को अग्रता बनाएको सिटीका लागि ८५ औं मिनेटमा सर्जियोले गोल गर्दै सिटीलाई ५–० को शानदार जित दिलाए ।
प्रकाशित मितिः २०७५ माघ १३ आइतबार
Comments