काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत लिभरपुलले आफ्नो १८ औं जित निकालेको छ । शनिबार राति आफ्नो २२ औं खेल खेलेको उसले ब्राइटन एण्ड होभ आल्बियनलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
ब्राइटनको घरेलु मैदानमा भएको सो खेलमा लिभरपुललाई जित दिलाउन स्टार खेलाडी मोहमद सालाहले निर्णाण्क गोल गरे । सालाहले पेनाल्टीमा निर्णायक गोल गरेका हुन् । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५० औं मिनेटमा सालाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई जित दिलाए ।
जितसँगै लिभरपुल उपाधि होडमा थप बलियो बनेको छ । शीर्ष स्थानको लिभरपुलले ७ अंकको अग्रता बनाएको छ । लिभरपुलले २२ खेलबाट ५७ अंक जोडेको छ भने एक खेल कम खेलेको दोस्रो स्थानको म्यानचेस्टर सिटीसँग ५० अंक छ । एजेन्सी
प्रकाशित मितिः २०७५ पुष २९ आइतबार
Comments