काठमाडौं । अमेरिकास्थित लस भेगास प्रहरीले पोर्चुगिज स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोको डीएनए संकलन गर्ने भएको छ । बलात्कारको अभियोग लागेका रोनाल्डोको डीएनए संकलन गर्न लागिएको बीबीसी ले जनाएको छ ।
थप अनुसन्धानको लागि भनेर रोनाल्डोको डीएनए परीक्षण गर्न लागिएको हो । रोनाल्डोमाथि अमेरिकी मोडल क्याथरिन मायोग्राले बलात्कारको आरोप लगाएकी थिइन् । सन् २००९ मा लस भेगासमा रोनाल्डोले आफूमाथि बलात्कार गरेको भन्दै मोडल मायोग्राले मीटु अभियानमा सो कुरा खोलेकी थिइन् । उनले रोनाल्डोमाथि मुद्दासमेत दायर गरेकी थिइन् ।
सन् २०१० मा मोडल मायोग्राले यो कुरा बाहिर नल्याउने भन्दै ३ लाख पाउण्डमा सम्झौता समेत गरेको जनाइएको छ । उता रोनाल्डोमाथि अर्की एक पूर्वप्रेमिका तथा मोडल जेस्मिन लेनार्डले रोनाल्डोले धम्की दिने गरेको आरोप लगाएकी छन् ।
उनका अनुसार रोनाल्डोले उनलाई पटक–पटक धम्की दिने गरेका छन् । बेलायतको खेल पत्रिका ‘द सन्’ले ३३ वर्षीया मोडल लेनार्डलाई रोनाल्डोले धम्कीसमेत दिने गरेका छन् । रोनाल्डोले उनको नग्न तस्बिरहरु लिक गर्ने धम्की दिएको सो पत्रिकाले उल्लेख गरेको छ । एजेन्सी
प्रकाशित मितिः २०७५ पुष २७ शुक्रबार
Comments