भक्तपुर । भक्तपुरको लोकन्थलीमा मोटरसाइकल अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक भक्तपुरको सूर्यविनायक बस्दै आएका सिन्धुपाल्चोक जुगल गाउँपालिका– ४ का २३ वर्षीय कुमार श्रेष्ठ रहेको प्रहरीले जनाएको छ ।
बुधबार राति बा ९३ प १४१९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकको रेलिङमा ठोक्किँदा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मोटरसाइकल पछाडि सवार राजकुमार श्रेष्ठको नागरिक अस्पतालमा उपचार भैरहेको छ ।
प्रकाशित मितिः २०७५ मंसिर २० बिहिबार
Comments