काठमाडौ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका रूपमा खेलाइएको सुपर क्लासिको प्रतियोगिताको उपाधि ब्राजिलले जितेको छ । गत राति साउदी अरेबियामा भएको अन्तिम खेलमा ब्राजिलले आफ्नो चीर प्रतिद्वन्द्वी अर्जेन्टिनालाई हराउँदै उपाधि जितेको हो ।
ब्राजिलले खेलको अन्तिम समयमा गोल गर्दै १–० को जितसहित उपाधि जितेको हो । ९० मिनेटसम्म बलियो टोली ब्राजिललाई गोल गर्न नदिएको अर्जेन्टिनाले केही समय सम्हालिन नसक्दा नतिजा गुमायो ।
खेलको ९३औं मिनेटमा नेइमारले हानेको कर्नर किकमा मिरान्डाले हेडिङ गोल गरेपछि ब्राजिलले टोलीका मुख्य खेलाडी लिआनेल मेस्सीबिनाको अर्जेन्टिनामाथि कठिन जित निकाल्दै उपाधि जित्यो । एजेन्सी
प्रकाशित मितिः २०७५ असोज ३१ बुधबार
Comments