काठमाडौं, २ साउन । नेपाली कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशकमा ओखलढुंगाका पुरुषोत्तम दाहाल नियुक्त भएका छन् ।
काङ्ग्रेसका उपसभापति एवं केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विमलेन्द्र निधिले पार्टीकोे विधान अनुसार दाहाललाई सो पदमा नियुक्त गरेका हुन् ।
काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार जारी गरेको विज्ञप्तिमा काङ्ग्रेसको विधान २०१७ (संशोधित र परिमार्जित) को धारा ३६ तथा नेपाली कांग्रेसको नियमावली २०६८ को परिच्छेद ४, नियम २७ र २८ बमोजिम गठित केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको पदमा दाहाललाई नियमावली २०६८ को नियम २७(३) बमोजिम नियुक्त गरेको उल्लेख छ ।
चार दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय दाहाल ३४ वर्षदेखि प्राध्यापनमा पनि संलग्न छन् । २०३१ देखि नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा संलग्न दाहाल मानव अधिकारकर्मी तथा साहित्यकार समेत हुन् ।
यसअघि दाहालले २०४१ देखि २०५६ सम्म नेपाली कांग्रेसको केन्द्रीय प्रचार विभागको सदस्य भएर पनि काम गरेका थिए ।
Comments