काठमाडौ ६ असार । आयोजक रुससँग पराजित भएसँगै इजिप्ट विश्वकपबाट बाहिरिने लगभग पक्का भएको छ । रुस ६ अंकसहित एक खेल अगाडि नै अघिल्लो चरण प्रवेश गरेको छ । रुसले इजिप्टलाई ३,१ गोल अन्तरले हराएको हो ।
४७ औं मिनेटमा इजिप्टका कप्तान मोहमद फाथीले बल रोक्ने क्रममा आफ्नै पोष्टमा बल छिराएका थिए । त्यसपछि डेनिस चेरसिभले ५९ औं मिनेटमा अर्को एक गोल थप्दै खेललाई २(० को अवस्थामा पुर्याए । त्यसको तीन मिनेटपछि अर्थात ६२ औं मिनेटमा डेइवाले अर्को गोल गरे र, रुसले ३(० को अग्रता लियो ।
७३ औं मिनेटमा इजिप्टले पेनाल्टीमार्फत् एक गोल फर्कायो । इजिप्टका लागि चर्चित स्ट्राइकर मोहम्मद सलाहले गोल गरे । यो जितसँगै समूह ‘ए’बाट रुस ६ अंकसहित अघिल्लो चरणमा प्रवेश गरेको छ । यसअघि रुसले विश्वकप उदघाटन खेलमा साउदी अरबलाई ५,० ले हराएको थियो । जारी विश्वकपमा रुसले ८ गोल गरिसकेको छ भने १ गोल खाएको छ ।
Comments