काठमाडौ ४ बैशाख । इरानका राष्ट्रपति हसन रुहानीले अमेरिकाले सिरियामा आतंककारीहरूलाई सघाइरहेको आरोप लगाएका छन् ।इरानको तास्मिन समाचार एजेन्सीले जनाए अनुसार रूहानीले अमेरिकी नेतृत्वमा सिरियामा भएको आक्रमणबाट वासिङ्टनको आतङ्ककारीसँग प्रत्यक्ष सम्बन्ध रहेको प्रमाणित भएको बताएका हुन् । तास्मिनले जनाए अनुसार रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसंगको टेलिफोन वार्तामा रूहानीले पूर्वी गुटाबाट आतंककारीहरूलाई हटाउन देखाएको तदारुकताले यो कुरा प्रमाणित भएको बताएका हुन् ।
अमेरिकाले हाल सिरियामा गरेको आक्रमण अन्तरराष्ट्रिय कानूनको विपरीत भएको र अमेरिका अन्तरराष्ट्रिय जगतलाई जवाफ दिन सक्षम नदेखिएको रुहानीले बताए । पश्चिमा राष्ट्रले सिरियामा थप क्षेप्यास्त्र आक्रमणमा गरेमा अन्तरराष्ट्रिय सम्बन्धमा नै उथलपुथल हुने रुसका राष्ट्रपति पुटिनले चेतावनी दिएका छन् । अमेरिकी नेतृत्वमा भएको सो हमलाको रुस र इरानले प्रत्यक्षरुपमा नै विरोध गरेका छन् । उनीहरुले अमेरिकी नेतृत्वका देशले गरेको सो हमला अन्तरराष्ट्रिय कानुन विपरित भएको बताएका छन् । एजेन्सी ।
Comments